दिउँसो भोजनपछि किन निन्द्रा लाग्छ ? यस्ता छन्, कारणहरू जानी राखौँ — OSNepal

दिउँसो भोजनपछि किन निन्द्रा लाग्छ ? यस्ता छन्, कारणहरू जानी राखौँ

LC (KTM) May 23, 2021 0

दिउँसोको भोजन पश्चात धेरै मानिसलाई निन्द्रा लाग्ने गर्छ तर के तपाईले यसको बारेमा सोच्नु भएको छ । वास्तवमा किन लाग्छ निन्द्रा?
धेरै मात्रामा कार्बोहाईड्रेट्स भएको आहारको सेवन अथवा अधिक मात्रामा भोजन गर्दा दिउँसोको भोजन पश्चात निन्द्रा लाग्ने गर्दछ । खासगरेर अधिक खाना खानाले हाम्रो शरीरमा इन्सुलिन स्तर बढ्छ । हाम्रो पेन्क्रियस शरीरमा ब्लड सुगरको स्तरलाई नियमित गर्नको लागी इन्सुलिन उत्पन्न गर्छ । अधिक मात्रामा भोजन गर्नाले हाम्रो शरीरमा इन्सुलिनको मात्रा बढ्छ र जसको कारण हाम्रो शरीरमा स्लीप हार्मोन्स उत्पन्न हुन्छ जसले सुस्ती महसुस हुन थाल्छ ।

चिकित्सकका अनुसार, दिउँसो कम भोजनको सेवन गर्नुपर्दछ किनभने धेरै भोजन गर्नाले उसलाई पाचनमा धेरै शक्तिको आवश्यकता हुन्छ र जसले गर्दा पाचनतन्त्रलाई भोजन पाचन गर्न अधिक रगतको आवश्यकता हुन्छ । दिउँसोको भोजन पश्चात केही समयको लागी तपाईको मस्तिष्कमा रक्त संचार कम हुन्छ जसले क्रियाशिलता कम हुन्छ र तपाईलाई सुस्ती र निन्द्राको अनुभव हुन थाल्छ । दिउँसोको समयमा कम भोजनको सेवन गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर