ग्ल्यामर फोटोशूटका कारण ट्रोलको सिकार भइन् अनुष्का — OSNepal

ग्ल्यामर फोटोशूटका कारण ट्रोलको सिकार भइन् अनुष्का

LC (KTM) October 12, 2021 0

एजेन्सी-बलिउड चर्चित अभिनेत्री अनुष्का शर्मा यति बेला पनि ट्रोलको सिकार बनेक छिन् । उनका एक तस्विरमा फ्यानहरुले भद्दा कमेन्ट गरीरहो छन् । हालै फोटो सुट गरेकी शर्मा ट्रोलको सिसकार बनेकी हुन् । (फिल्म जीरो फ्लप भएपछि बलिउड चर्चित नायिका अनुष्का शर्माले कुनै पनि फिल्ममा साइन गरेकी छैनन् ।

फिल्म जीरोको असफलता पछाडि उनको बलिउडमा निकै चर्चा चलिरहेको थियो ।कि उनले फिल्म क्षेत्र छाडिन भनेर तर फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा अनुष्काले फिल्मबाट ब्रेक नलिने खुलाइन् । तर उनि प्राय पति बिराट कोहलीसंगका शेयर गरेका तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । बेलाबेलामा आफ्ना तस्विर शेयर गर्ने उनले हालै पनि इभेन्टमा ग्रिन कलरको साडीमा सजिएका तस्विर शेयर गरेका कारण ट्रोलको सिकार बन्न पुगेकी हुन् ।

पछिल्लो समय अभिनेत्री अनुष्काले फिल्मफेयर म्यागेजिनको लागि फोटोसुट गराएकी छिन जुन फोटो सामाजिक संजालमा भाइरल भए लगत्तै उनलाई गालिको बर्साद आएको हो । भारतिय मियियका अनुसार यस कमेन्टलाई अनुष्काले मान्छेको सोच्ने तरिकाका रुपमा लिएको बताएकी छिन् । जब उनि ट्रोलको सिकार बने पनि तर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर