१२ बर्षका बालकले सारङ्गीमा यसरी र्याप हानेको भिडियो भाइरल — OSNepal

१२ बर्षका बालकले सारङ्गीमा यसरी र्याप हानेको भिडियो भाइरल

LC (KTM) May 09, 2021 0

दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईलारमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् ।

उनको घर दाङ भएपनि काठमाण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइपनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सयसम्म कमाउँछन् । उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटाउने गरेको उनको दाई बताउछन् ।

बिराज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेको बताउछन् । गाडीगाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर