सुक्खा पहिरोले कर्णाली नदी थुनियो — OSNepal

सुक्खा पहिरोले कर्णाली नदी थुनियो

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । सुक्खा पहिरोले कर्णाली नदी थुनिएको छ । बाजुरा क्षेत्रमा खसेको सुक्खा पहिरोले नदी थुनिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार बिहान पुर्ण रुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा बग्न थालेको बताइएको छ ।

नदी थुनिएर एक किलोमिटर सम्म थुनिएको नदीले ड्याम नै बनेको प्रहरीले जनाएको छ ।

साथै पहिरो खस्ने क्रम जारी रहेको पनि बताइएको छ । जिल्लाको स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर