लोप हुँदै दसैँ–तिहारमा पिङ हाल्ने परम्परा — OSNepal

लोप हुँदै दसैँ–तिहारमा पिङ हाल्ने परम्परा

LC (KTM) October 12, 2021 0

लमजुङ, २६ असोज- हिन्दूमात्रको माहान पर्व दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो ।

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनांै रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोवाइल, ल्यापटप, र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको बेँसीशहर नगरपालिका–८ की बृद्धा चिजकुमारी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा दसँैं–तिहारमा पिङको ठूलो महत्व हुन्थ्यो । वर्षमा एक चोटी धर्ती छोडे गति परिन्छ भनिन्थ्यो । त्यसैले उमेर नाघेकाहरू पनि एकै पटक भए पनि पिङ्मा मच्चिने गर्दथे तर अहिले आधुनिक जीवनशैलीप्रति युवापुस्ता आकर्षित भएका कारण यो परम्परा लोप हुँदै जान थालेको हो। ”
उहाँले भन्नुभयो, “पहिले पहिले त टोल टोलमा युवा तथा बालबच्चा पिङमा झुम्मिएको देखिन्थ्यो तर अहिले मुस्किलले मात्र कतै–कतै पिङ खेलेको देखिन थालेकाले अब यस्को संरक्षण गर्नुपर्ने भएको छ । ”

मस्र्याङ्दी गाउँपालिकाका अमरजङ गुरुङले भन्नुभयो, “दसैँका बेला यहाँका बालबच्चादेखि वयस्क पनि केही वर्ष अघिसम्म लिङ्गेपिङ, रगटेपिङ दुबै टोलटोलमा हालेर खेल्थे । त्यसका साथै धेरैका घर–घरमासमेत डोरी बाटेर पिङ हाल्ने गरिन्थ्यो तर अहिले घर–घरमा त के गाउँमै पनि पिङ देख्न मुस्किल भएको उहाँको भनाइ थियो ।” त्यस्तै, दोर्दी गाउँपालिका– ३ का बुद्धिमान श्रेष्ठले भन्नुभयो, “१०÷१२ वर्ष अघिसम्म गाउँका टोलटोलमै रगटेपिङ बनाएर खेल्ने गरेपनि अहिले त मुख देख्न पनि नपाइने अवस्था आयो । वर्षमा एक चोटी धर्ती छोड्नुपर्ने मान्यता भए पनि युवा पुस्ताको बेवास्ताले यस्ता संस्कृति हराउने नै होकी भन्ने चिन्ता लागेको छ ।”
विकासको क्रमसँगै विभिन्न मेला तथा महोत्सवमा राखिने आधुनिक प्रविधिका पिङ खेल्न पाइने भएकाले पनि पिङप्रति चासो हराउन थालेकाले संरक्षण गर्न कठिन हुने भएको श्रेष्ठले बताउनुभयो ।

सानोमा दसँैं नजिकिँदै गर्दा दाइ पिङ हाल्न थाल्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो दसैँ आएको जस्तो महसुस हुन्थ्यो । रमाइलो मानेर पालैपालो सबैजना मिलेर पिङ खेलिन्थ्यो, प्रत्येक वर्षको दसैँ–तिहारमा पिङ खेलेर हुर्कंदै आएको क्व्होलासोथर गाउँपालिकाकी प्रिय गुरुङले बताउनुभयोे । उहाँले भन्नुभयो, “गाउँलेले अन्य पिङ हाल्दै आए पनि रगटेपिङ निर्माण गर्नका लागि धेरै समय लाग्ने, पिङमा आवश्यक सामग्री बनाउने मान्छेको कमी हुने र धेरै खर्च लाग्ने भएकाले गाउँ–गाउँमा यस्ता पिङ लोप हुँदै थालेको छ । ”

बेँसीशहर नगरपालिका–११ चिती रामचोक बेँसीकी सिर्जना श्रेष्ठले भन्नुभयो, “यहाँ १० वर्ष अघिसम्म रगटेपिङ खेल्नका लागि युवायुवतीको ठूलो भीड हुने गर्दथ्यो । पिङ खेल्नका लागि तछाडमछाड गर्नुपथ्र्योे, पालो पर्खदा पर्खदा घण्टौँ समय लागे पनि यहाँका युवायुवती रगटेपिङ खेल्ने गर्थेे । त्यही पिङका लागिसमेत बेला बखत ठूलो झगडा हुन्थ्यो तर अहिले दसैँका बेलामा पिङ राख्ने ठाउँसुनसान भएकाले युवायुवती पनि देख्न छोडेको छ ।” गाउँ होस् या सहर युवायुवतीले यस्तो परम्परागत संस्कृतिको पिङ खेल्न चासो दिनुपर्ने यहाँको बुढापाकाले बताए यसैगरी अन्य परम्परा पनि लोप हुँदै जालाकी भन्ने उनीहरूपमा चिन्ता थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर