• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

‘महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छ’ – शशाङ्क कोइराला

‘महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छ’ – शशाङ्क कोइराला


  • ओएसनेपाल
  • असोज २६ २०७८, मंगलबार
  • १०:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.5K
    SHARES

    चितवन – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताउनुभयो ।

    महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।”

    आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आफु बलियो उम्मेदवार रहेको बताउनुभयो ।फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend