म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर थाहा छैन : गगन थापा — OSNepal

म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर थाहा छैन : गगन थापा

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले आफु केन्द्रीय सदस्य भएप्नि १४ औं महाधिवशेनको विषयमा आफु अनविज्ञ भएको बताएका छन् । आज मंगलबार गोकर्णेश्वर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले महाधिवशेनको विषयमा आफुलाई केहि थाहा नभएको बताएका हुन् ।

कार्यक्रममा थापाले भने, ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर सोध्नुहुन्छ भने मैले ढाट्नु हुन्न, मलाई थाहा छैन’। उनले दशै पछि महाधिवेशन हुने भनिएपनि आफुलाई दसैँ त दसैँ कहिलेको दसैँ हो भन्ने कुरामा डर लागेको बताएका छन् ।

साथै कार्यक्रममा उनले संसदीय बोर्डको बैठक बसेर मन्त्री बनाउँनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधानको पालना समेत नगरेको बताएका छन् । ‘पार्टी सुधार गर्ने हो भने १४औँ महाधिवेशनमा देशमा संविधान मानेजस्तै पार्टीमा पनि विधान मान्ने परिपार्टी निर्माण गर्ने संकल्प गर्नुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर