OSNepal बिहिबार, कार्तिक ११ २०७८

दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु , गाउँ नै शोकमा डुब्यो

दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु , गाउँ नै शोकमा डुब्यो

  • OSNepal
  • मंगलबार, असोज २६ २०७८


दसैंमा रमाइलो गर्न  पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु , गाउँ नै शोकमा डुब्यो
Reading Time: < 1 minute

मकवानपुर, २६ असोज । दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राती मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड