मन्त्री रेग्मीको दावी : आफुले रोजेर आएको मन्त्रालयल हो, यसमा आफ्नो अनुभव भएकाले काम गरेर देखाउँछु — OSNepal

मन्त्री रेग्मीको दावी : आफुले रोजेर आएको मन्त्रालयल हो, यसमा आफ्नो अनुभव भएकाले काम गरेर देखाउँछु

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफुले रोजेको मन्त्रालय पाएको बताएकी छन् । मंगलबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएकी मन्त्री यस्तो बताएकी हुन् ।

अरुले नखोजेको तर आफुले रोजेको यो मन्त्रालयमा रहँदा आफुल काम गरर देखाउने समेत उनले दावी गरेकी छन् । ‘अरूले नखोजेको, मैले रोजेको मन्त्रालय हो । म आफूले त रोजेरै आएको हो, यो मन्त्रालयमा । मेरो फिल्ड पनि हो, यसमा धेरै समस्याहरू छन् । महिलाका समस्या छन्, जेष्ठ नागरिकका समस्या छन्, बालबालिकाका समस्या छन्, अपाङ्गता भएकाहरूका समस्या छन् । यसमा केही न केही ठोस् काम गर्नैपर्छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ।

यस क्षेत्रमा आफ्नो लामो अनुभव भएकाले पनि आफुले काम गरेर देखाउने उनको दावी रहेको छ । अब बालबालिकाहरूले पनि छिट्टै खोप पाउने बताएकी उनले भनिन् , अहिलेसम्मपनि बालबालिकाले खोप लगाउन पाएका छैनन् । उनीहरूलाई छिट्टै खोप व्यवस्था गर्नेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर