नेपालमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो



 

०९ असार, काठमाडौंः नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालमा उपचार गराईरहेका एक दैलेखका ४५ वर्षिय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।

उनी असार ३ गते अस्पताल भर्ना भएका थिए । कोरोना भाईरसको संक्रमण भएनभएको परिक्षण गर्दा उनको नतिजा पोजेटिभ आएसँगै क्षयरोगका विरामी रहेका उनलाई विशेष अस्पतामा राखेर उपचार भईरहेको थियो । अस्पतालले भने अनुसार सोमबार राती उनको मृत्यु भएको छ ।

अस्पतालका अनुसार नेपाली सेनाको रहोबरमा मृतकको दाहसंस्कार गरिएको छ । थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या २४ पुगेको छ ।

Comment