मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हटाइदै — OSNepal

मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हटाइदै

LC (KTM) October 12, 2021 0

बुटवल २६ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यू आज मंगलबार राति १२ बजेबाट हटाइने भएको छ ।

आइतबार सुरक्षाकर्मीले चलाएको गोली लागि चार जना सुकुम्बासीको ज्यान गएपछि प्रमुख जिल्ला कार्यालय रुपन्देहीले लगाएको कर्फ्यू आज रातिबाट हटाइने भएको हो ।

सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि उक्त स्थानमा कर्फ्यू जारी गरिएको थियो ।

कर्फ्यू हटाए पनि भदौ २८ गतेदेखि नै कायम गरिएको निशेधाज्ञा भने यथावत् रहने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर