टेक्ससको घरबार बिहिनलाई खाना खुवाउने नेपालीद्वारा संचालित एचडिएनपी अन्तरराष्ट्रियले गाला कार्यक्रम मार्फत २३ हजार डलर संकलन — OSNepal

टेक्ससको घरबार बिहिनलाई खाना खुवाउने नेपालीद्वारा संचालित एचडिएनपी अन्तरराष्ट्रियले गाला कार्यक्रम मार्फत २३ हजार डलर संकलन

LC (KTM) October 12, 2021 0

विजय थापा ,डिसी महानगर क्षेत्र । एचडिएनपी अन्तरराष्ट्रियले कोष संचालन हेतु आयोजना गरेको गाला कार्यक्रम २०२१ मार्फत २३ हजार ३ सय १३ डलर संकलन गर्न सफल भएको छ ।हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । र ,यसको स्थापना र संचालन नेपालीले गरेका हुन् ।

स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ । र ,उनीहरुकै लागि नियमित कार्यक्रम गर्न सकियोस भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम यस बर्ष अत्यन्तै सफल हुन् सकेको जानकारी संस्थापक सभापति तथा संचालक देवी डेविड आचार्यले इनेप्लिजलाई बताए ।

गत शनिबार अक्टोबर ९ का दिन एचडिएनपी अन्तरराष्ट्रियले टेक्ससमा कोष वृद्धि समारोहको आयोजना गरेको थियो । बिगत बर्षमा झैँ यस बर्ष पनि फन्डराइजर गाला २०२१ नाम दिईएको थियो ।उक्त समारोहको २०२१ गाला टिम अर्थात् समारोह समूह २०२१ पनि बनाईएको थियो । उक्त कार्यक्रममा बिशेष व्यक्तित्वहरुको सत्र ,रात्रिभोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति ,लिलाम तथा पुरस्कार बितरण कार्यक्रम समेत गरिएको थियो ।

उक्त समारोह रोलिङ्ग हिल्स कन्ट्री क्लब ,आर्लिंगटनमा साँझ ६ बजे सुरु भएको थियो । समारोहमा रेबिका लोपेज प्रमुख अतिथि थिइन् रिच र जेवेलले प्रस्तुति अत्यन्तै उत्कृष्ट रहेको थियो ।समारोहका सभापति आचार्यले स्वागत मन्तब्य राख्दै उपस्थिति हुने ,प्रायोजक तथा सहयोग गर्ने सबैलाई बिशेष धन्यवाद दिएका थिए । साथै समूहका सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।उक्त समारोहमा १ सय ६० जनाले सहभागिता जनाएका थिए भने समारोह सुरु हुनु अगावै टिकट(प्रवेश पत्र)बिक्रि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर