अमेरिकामा भेषभुषा छायाचित्रकार राजीव श्रेष्ठले दशैँमा कैद गरेका तस्बिरहरु — OSNepal

अमेरिकामा भेषभुषा छायाचित्रकार राजीव श्रेष्ठले दशैँमा कैद गरेका तस्बिरहरु

LC (KTM) October 12, 2021 0

विजय थापा ,डिसी महानगर । २०७८ साल अर्थात् सन् २०२१ को बडा दशैँको शुभ अवसरमा अमेरिकामा बस्दै आएका भेषभुषा छायाचित्रकार (फेशन फोटोग्राफर )राजीव श्रेष्ठले बिगत बर्षमा गरे झैँ यस बर्ष पनि तस्बिरहरु खिंच्न सफल भएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका श्रेष्ठले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा पनि महिलाहरुका तस्बिरहरु कैद गरेका थिए भने फूलपातीको दिनको अवसरमा पनि केही तस्बिरहरु खिचेका छन् ।उनले मिस नेपाल युएस २०२१ (अमेरिका नेपाल सुन्दरी -२०२१ )कि बिजेता प्रतिक्षा शुक्ला सहित प्रतियोगीहरु क्रमस प्रतिशा प्रधान र अपेक्षा सिंहका तस्बिरहरु कैद गरेका छन् ।

नेपालमै व्यवसायिक रुपमा ३ दशक देखि फोटोग्राफर अर्थात् छायाचित्रकारको रुपमा आफूलाई स्थापित गरेका विशेष गरि ग्लामर (मोहकता )तस्बिरहरु खिच्न प्रारम्भ गरेका श्रेष्ठले नेपाल हुँदा देखि नै बडा दशैँको अवसरमा सबै वर्गका महिलाहरुका तस्बिरहरु खिच्दै आएकोले अमेरिकामा पनि यसलाई निरन्तरता दिएका छन् ।

अमेरिकामा रहेता पनि श्रेष्ठले हरेक बर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गरि रहेका छन् । नयाँ तथा सबै कलाकारलाई उनीहरुको कलाकारितालाई पहिचान गरि थप प्रोत्साहन गर्ने र हौसला दिने गर्छन ।

उनले नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदीलाई परदेशमा पनि संरक्षक,जगेर्ना र प्रवर्द्धन गर्न लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर