भारत र चिन बिच भएको झडपपछि चीनले गर्यो भारतीय वेबसाइटहरुमाथि साइबर हमला



११ असार, काठमाडौंः भारत र चिन बिच दुई देशको सिमानामा भएको झडपपछि चीनले भारतलाई साइबर हमला गर्न सुरु गरेको छ । चीनीयाँ ह्याकरहरुले भारतीय संस्थाहरुको वेबसाइटमाथि विभिन्न प्रकारले हमला गरेका छन् । गलबान उपत्यकामा भारत र चीनको सेनासँग भएको झडपपश्चात चीनिया ह्याकरहरुले भारतीय संस्थाहरुको वेबसाइटमा हमला गरेको एक रिपोर्टले जनाएको छ ।

समाचार एजेन्सी संख्या पीटिआईका अनुसार पछिल्ले पाँच दिनमा ४० हजारभन्दा धेरै पटक भारतीय वेबसाइटहरुमाथि ह्याकरहरुले हमला गरेका छन् । मुख्य गरि भारतीय सरकारको सुचना, बैंकिङ लगायतका संस्थाहरुको वेबसाइटमाथि ह्याकरहरुले हमला गरेको पीटिआइले उल्लेख गरेको छ । भारतको महाराष्ट्र प्रहरीका अनुसार हमला गर्ने ह्याकरहरुको आइपिएस हेर्दा धेरै हमला चीनको चंगदु नामक क्षेत्रबाट गरिएको पाईएको छ ।
भारतमा रहेर साइबर सुरक्षामा शोध गर्ने कम्पनी साइफर्माका अनुसार चीनियाँ ह्याकरहरुले भारतको रक्षा मन्त्रालय, रिलायन्स जिओ, एयरटेल, बिएसएनएल, माइक्रोमेक्स, सीप्ला, सन फार्मा, एम आर एफ र एलन्एडटी लगायतका कम्पनीमाथि हमता गरेका छन् ।

Comment