रातो रङको साडीमा डान्स गरेको बलिउड नायिका ज्याकलिनको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

रातो रङको साडीमा डान्स गरेको बलिउड नायिका ज्याकलिनको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) October 13, 2021 0

काठमाडौँ- बलिउडकी चर्चित नायिका हुन ज्याकलिन फर्नान्डेज । उनी बेला बेला विभिन्न कारणले चर्चामा आँउने गर्छिन् । कहिले आफ्ना तस्विर सामाजिक संजालमा पोष्ट गरेर त कहिले विभिन्न खालका भिडियो सेयर गरेर । उनी सामाजिक सञ्जालमा भने फ्यानसँग जोडिइरहन्छिन् ।

यसैबीच, सामाजिक सञ्जालमा ज्याकलिनको डान्सिङ भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोलाई अत्यन्तै मन पराइएको छ । रातो रङको साडीमा देखिएकी ज्याकलिन खुबै सुन्दर देखिएकी छिन् ।

भिडियोमा उनले गज्जबको एक्सप्रेसन दिइरहेकी छिन् । ज्याकलिन फर्नान्डेज लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । गत वर्ष रेस ३ फ्लप भएपछि ज्याकलिन कुनै पनि नयाँ फिल्ममा देखिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर