हेर्नुहोस् कालो चिया पिउँदा यस्ता रोग बाटबच्न सकिन्छ — OSNepal

हेर्नुहोस् कालो चिया पिउँदा यस्ता रोग बाटबच्न सकिन्छ

LC (KTM) October 13, 2021 0

प्राय मानिस हरुले सेतो चिया पिउने गर्दछन । हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्धतत गर्छ । कालो चिया स्वास्थ्यको लागि निकै फाइदाजनक छ । धेरै जसो मानिसहरु कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन् र स्वस्थ्यका लागि पनि यसको महत्व निकै छ । कतिपय मानिस हरुले चियालाई तौल घटाउने माध्यमको रुपमा लिने गरेको पाईन्छ ।

कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्ने एक अनुसन्धानको रुपमा पाइएको छ ।यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनका अनुसार यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि यसले कम गर्छ ।

कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ । यसले मुटसँग सम्बन्धीत अन्य रोगहरुलाई पनि कम गर्ने सो अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर