• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • १:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 6.3K
    SHARES

    काठमाडौं, २७ असोज । कतार विश्वकप तथा युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ ।

    मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५(० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक एक गोल गरे ।

    खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल परिणत गरे ।

    १७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई ३(० को अग्रता बनाए ।

    पोर्चुगलले ६९औं मिनेटमा जाओओको गोलमा चौथो गोल गर्‍यो । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौं गोल गरे ।

    रोनाल्डोको यो करियरको ५८औं ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४ पटक, युभेन्टसबाट ३ पटक र पोर्चुगलबाट १० पटक ह्याट्रिक गरेका छन् ।

    यो जितपछि पोर्चुगलले विश्वकपमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसको ६ खेलमा १६ अंक भएको छ ।

    सोही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई ३(१ गोलले हरायो । यो जितपछि सर्विया पोर्चुगललाई पछि पार्दे शीर्ष स्थानमा उक्लन सफल भयो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend