छोरा हृदयन्द्रले कक्षा १२ उत्तिर्ण गरेको र अनलाइनबाट नै दिक्षित भएको भन्दै पूर्व युवराज पारसले यसरी साटे खुशी — OSNepal

छोरा हृदयन्द्रले कक्षा १२ उत्तिर्ण गरेको र अनलाइनबाट नै दिक्षित भएको भन्दै पूर्व युवराज पारसले यसरी साटे खुशी

LC (KTM) May 23, 2021 0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रका नाती तथा पूर्व युवराज पारस शाहका छोर पूर्व नवयुवराज हृदयेन्द्र शाहले कक्षा १२ पास गरेका छन् । हृदयेन्द्रले राजधानीको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ उत्तिण गरेको बताइएको छ । उनले प्लस टु नै पढेर सकेका हुन् । कक्षा १२ उत्तिण गरेसँगै अनलाइनबाट दीक्षित भएको परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनी अनलाइनबाटै दीक्षित बनेका हुन् ।

कोरोना महामारीका कारण पछिल्लो डेढ वर्षदेखि अनलाइनबाट नै कक्षा लिइरहेका उनको कलेजले अनलाइनबाटै दीक्षान्त समारोह गरेको हो । यस कुराको जानकारी पूर्व युवराज पारस शाहले सामाजिक संजाल मार्फएत गराएका हुन् । पारसले हृदयेन्द्र दीक्षित भएको र उनको शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह भनेर उल्लेख छ । पारिवारिक स्रोनका अनुसार उनलाई स्नातक विदेशमा पढाउने तयारी गरिएको छ । पारस र हिमानीका कान्छा छोरा हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् । उनी सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर