रोनाल्डो सहित यि खेलाडी चम्किँदा युभेन्टसले गर्यो लेच्चेको पोष्टमा गोल वर्षा



एजेन्सी- इटालियन सिरी ए अन्तर्गतको खेलमा रोनाल्डोको टिम युभेन्टसले लेच्चेलाई दबाबमा राख्दै जित दर्ता गरेको छ । साविक विजेता युभेन्टसले गएराति भएको खेलमा युभेन्टसले ४ गोलको वर्षा गर्दै लेच्चेलाई भने खाता नै खोल्न नदिई घर फर्काइदियो ।

चारै गोल दोस्रो हाफमा गरेको युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे । युभेन्टसले ५३, ६१, ८३ र ८५ मिनेटमा गोल गरेको थियो ।

रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको ब्याक फ्लिकलाई हिगुआइनले गोलमा परिणत गरेपछि युभेन्ट्सले शानदार जित दर्ता गर्न सफल भएको हो । यस जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । साविक विजेता युभेन्टसको २८ खेलमा ६९ अंक छ ।

Comment