दशैँको मुखमा धेरै सवारी दुर्घटना भएर कैयौँको निधन भएपछि बोले प्रधानमन्त्री, मृतकका परिवारलाई क्षतिपूर्ति दिइने — OSNepal

दशैँको मुखमा धेरै सवारी दुर्घटना भएर कैयौँको निधन भएपछि बोले प्रधानमन्त्री, मृतकका परिवारलाई क्षतिपूर्ति दिइने

LC (KTM) October 13, 2021 0

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् । उनले सार्वजनिक(निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर