विपक्षीगठबन्धलाई ओलीको प्रश्न: संविधान र लोकतान्त्रिक पद्धति अनुसार अगाडी बढ्दा 'कू' हुन्छ ? 'कू' भनेको के हो थाहा छ ? — OSNepal

विपक्षीगठबन्धलाई ओलीको प्रश्न: संविधान र लोकतान्त्रिक पद्धति अनुसार अगाडी बढ्दा ‘कू’ हुन्छ ? ‘कू’ भनेको के हो थाहा छ ?

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’भनेको के हो भन्दै विपक्षी गठबन्धनलाई प्रश्न गरेका छन् । आज बालुवाटारमा आयोजित एक कार्यक्रमा बोल्दै ओलीले ‘कु’ को गलत व्याख्या गरिएको जनाएका हुन् । संविधानको नियम अनुसार अगाडी बढ्दा ‘कू’ नहुने पनि अ‍ोलीले दावी गरेका छन् ।

संविधान र लोकतान्त्रिक पद्धति अनुसार अगाडी बढ्दा ‘कू’ हुन्छ भन्दै ओलीले भने, दलिय पद्धतिमा दलिय अनुशासनको महत्व हुन्छ । दल छोड्ने अर्का दल खोल्ने अनुचित छ । एउटै दलमा बसेर गर्ने ? आफूले भनेजस्तो भएन भने प्रतिगमन भन्ने, ‘कू’ भन्ने ?

ओलीले आफुले संसदमा विश्वासको मत नपाउने निश्चित भएपछि मन्त्रिपरिषद्को बैठकमा संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।सोही अनुरुप राष्ट्रपतिले पनि उक्त सिफारिसलाई अनुमोदन गरेही थिइन् । जसलाई विपक्षीदलहरुले अलोकतान्त्रि, असंवैधानिक तथा पुर्व राजा ज्ञानेन्द्र शाहले जस्तो कू गरेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर