मोटोपन, मधुमेह, र मुटु रोगीका लागि सिमी खानुका यस्ता यस्ता अचुक फाइदै फाइदा — OSNepal

मोटोपन, मधुमेह, र मुटु रोगीका लागि सिमी खानुका यस्ता यस्ता अचुक फाइदै फाइदा

LC (KTM) October 13, 2021 0

काठमाडौँ -हरियो सिमी एक किसिमको तरकारी हो । सिमी स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । सिमीलाई मानिसहरू खान रुचाउने गर्दछ । सिमीमा भिटामिन, प्रोटिन, फाइबरको राम्रो स्रोत हुन्छ । यसमा विभिन्न रोग सँग लड्ने क्षमता हुन्छ ।

भिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम हरियो सिमीमा पाइन्छ । हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल हुन्छ । क्लोरोफिलले शरीरमा क्यान्सर जन्य विषालु तìवलाई निस्तेज पार्छ । भिटामिन के को कमी भएको अवस्थामा हड्डी भाँचिने खतरा बढ्छ ।

त्यसैले सो खतराबाट बच्नका लागि हरियो सिमी खानु राम्रो मानिन्छ । हर्मोनको उत्पादन घटेर मानिसमा उदासी देखिन्छ । त्यस्तो अवस्थामा हरियो सिमी उपयुक्त मानिन्छ । हरियो सिमीलगायतका वनस्पति जन्य खाद्यवस्तु बढी खाने गरेमा मोटोपना, मधुमेह मुटुको रोग आदि हुने सम्भावना कम हुन्छ । सिमीको तरकारी खानाले रगत सफा हुन्छ र छालासम्बन्धी विभिन्न रोगको प्रभाव कम हुन्छ । सिमीको तरकारी खानाले रगतमा हानिकारक कोलेस्टेरोलको मात्रा घट्छ । सिमीमा पायने फाइबरले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर