दर्सैमा जुम्लाको घोडादौड प्रतियोगिताको छुट्टै छ रौनक, २० घोडामध्ये मनसुर बोहोराको घोडाले मार्यो बाजी — OSNepal

दर्सैमा जुम्लाको घोडादौड प्रतियोगिताको छुट्टै छ रौनक, २० घोडामध्ये मनसुर बोहोराको घोडाले मार्यो बाजी

LC (KTM) October 13, 2021 0

जुम्ला – जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौरका मनसुर बोहोराको घोडा प्रथम भएको छ भने गडीगाउँका हरि बस्नेतको घोडा द्धितिय भएको छ । गुठीचौर–२ कै लक्ष्मी बहोरोको घोडा तितृय भएको छ । प्रतियोगिताको आयोजना कर्णाली स्पोर्टस् क्लब जुम्लाले गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हाजार, तीन हजार र दुई हजार नगद र मेडल दिइएको थियो। घोडादौड परापूर्व कालमा जुम्ली घोडाको महिमाको रुपमा रहिआएको स्थानीयको भनाइ छ ।

अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास, ठ्याक्कै थाहा छैन । तर यसअघि जुम्ला एयरपोर्ट पिच हुनु भन्दा अगाडी एयरर्पोटमै घोडा दौड हुन्थ्यो ।’ एयरपोर्ट पिज भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । लामो समय बन्द भएको प्रतियोगिता पुनः सुरु भएको हो । चन्दनाथ नगरपालिका–८ का जयकृष्ण धरालाका अनुसार कुनै बेला जुम्ली घोडाको माग देशभर नै थियो । जुम्लामा गाडी नपुन्जेलसम्म समान ढुवानीको माध्यम घोडा मात्रै थियो । उनले भने, ‘परम्परागत यातायातका साधन घोडा नै थिए। तर अब जुम्ली घोडा लोप हुने स्थितिमा छ।’ केही वर्षदेखि यहाँ फुलपातीका दिन घोडा दौड प्रतियोगिता हुँदै आएको छ । यो वर्ष प्रतियोगितामा जिल्लाभरका बीस वटा घोडा सहभागी थिए ।

प्रतियोगिता तीनवटा बिधामा बिभाजन गरिएको थियो । घोडाको पालनपोष्ण, कदम वा चाल र खुल्ला दौडप्रतियोगिता गरिएको हो । यस्तै घोडा पालनतर्फ पातारासीका एकराज थापा प्रथम, चन्दननाथका कालीबहादुर बुढ्थापा द्धितिय र गुठीचौरका कालीबहादुर रावत तितृय भएका छन् । यस्तै चाल वा कदमतर्फ बिर्खबहादुर भण्डारी प्रथम, कालीबहादुर बुढा द्धितिय र विकास ऐडी तितृय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर