केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जादै, राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा स्वागत गर्ने — OSNepal

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जादै, राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा स्वागत गर्ने

LC (KTM) October 13, 2021 0

वासिङ्टन २७ असोज, – केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जानुहुने भएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्नुहुने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिनुभयो ।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताउनुभयो । यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उहाँहरुले कुराकानी गर्नुहुने बताइएको छ ।

त्यसैगरी उहाँहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिनुभयो ।(रासस÷सिन्ह्वा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर