विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रबाट ८ महिने बालिकाले कोरोनालाई जितेर घर फर्किन्



विराटनगर-विराटनगरकी ८ महिने बालिकाले कोरोनालाई जितेर घर फर्केकी छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रबाट सोमबार डिस्चार्ज हुने १४ जनामा ८ महिने बालिका पनि रहेकी छन् ।

डिस्चार्ज हुनेहरुमा झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु आज डिस्चार्ज भएको बताइएको छ ।

त्यस्तै सोमबार नयाँ संक्रमित थपिनेहरुमा विराटनगरका १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष गरेर ७ जना रहेका छन् ।

Comment