• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

गाउँघरमा हराउँदै दसैँ रौनक

गाउँघरमा हराउँदै दसैँ रौनक


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • १:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ४ मिनेट
  • 2.6K
    SHARES

    तेह्रथुम, २७ असोज – लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो । रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू । डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे । दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू । सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैँ । जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो । घटस्थापनामा जमरा राख्ने गरिन्छ । फूलपातीको अघिल्लो दिनदेखि मासुको जोहो गरिन्थ्यो ।

    अष्टमीदेखि नवमीको दिन गाउँमा मौलो काट्ने प्रचलन थियो । नवमीको दिन हर्ष उल्लासका साथ नौमती बाजा बजाउँदै गाउँमा भएका निशानहरूमा मार हान्ने गरिन्थ्यो । घरदेखि मार हान्ने स्थानसम्म निशानलाई नौमती बाजागाजासहित पुर्‍याइन्थ्यो । तर, अहिले मार काट्ने चलन पनि हराइसकेको छ । लिङ्गे र रोटे पिङ खेल्ने कुरा त के देख्नसम्म मुस्किल छ । पछिल्लो समय बढ्दो शहरीकरण र आधुनिकताले दसँैको मौलिकता हराउँदै गएको छ । दसैँका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गरिन्थ्यो । छोरीचेलीका लागि मिठोमसिनो जुटाउनका गाउँघरमा ऐँचोपैँचो गरेरै भए पनि चाउनुपर्ने बाध्यता रहेको हमरजङका ६६ वर्षीया डम्बरकुमारी खनालले आफ्नो अनुभन सुनाइन् ।

    ‘गाउँमा सबै मिलेर ढिकी जाँतोमा जान्थ्यौँ । पाक्नलाई पहँेलिएका धानको बाला काटेर चिउरा तयारी गर्नुको मजा बेग्लै थियो’, उनले भनिन् । दसैँ नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइनभ्याइ हुन्थ्यो । खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो ।

    क्षेत्री बाहुनको घर प्रायः रातो माटोले पोतिन्थ्यो भने राई लिम्बूको घर बुट्टाले सजिसजावट हुन्थे । दसैँ नजिकिँदै गर्दा गाउँमा ढिकीको आवाज सुनिन्थे, तर अहिले सबै चिज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनुपथ्र्याे केही दशक अघिसम्म । तर, अहिले जुनै समयमा पनि नयाँ लुगा किन्ने र लगाइने गरेको छ । नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन् ।

    साना नानीहरू मावली जाने आउने रौनक पनि खासै महत्व हुन छाडेको छ । खर्चका लागि जोहो गर्न मुग्लान पुगेका युवाहरू पनि दसैँमा घर फर्किन्थे । परिवारसँग मिठो मसिनो खाएर दसैँ मनाउने प्रचलन थियो । तर, अहिले त्यस्तो छैन । गाउँगाउँ सडक सञ्जाल पुगेको छ । साना तथा ठूला सवारीसाधान गुडिरहेका हुन्छन् । ससुराली जान छुट्याएको तीनदेखि चार दिन सवारी साधानले चार घण्टामा सीमित बनाएको रतुवामाई १० मोरङका ६९ बर्षीय डेकप्रसाद निरौलाले बताए ।

    ‘दशै नजिकिँदै गर्दा बजारहरूमा मानिसको चहलपहल बढे पनि रौनक भने कम भइसकेको छ । ठुला चाडपर्वहरूको महत्व पछिल्लो समय हट्दै गएको छ’, निरौलाा भन्छन् ।

    विजया दशमीदेखि पूर्णिमासम्म टीका लगाउने प्रचलन भने अझै हटेको छैन । आफ्ना आफन्तका जाने र आशिर्वादले थाप्दै आएका छन् । इन्टरनेटको विकास भएसँगै आफ्ना दाँैतरीहरूसँग रमाउने क्रम पनि हट्दै गएको छ । दौँतरीसँग मनको कुरा साट्नेभन्दा पनि इन्टरनेटमा भुल्न थालेका छन् । वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि छैन यतिबेला । दसैँको आगमनसँगै खेतमा धान पहेंलपुर हुन्थे । पहेंलिएका धानका बाला खेतभरी झुलिन थालेपछी दसैँ आएझैँ हुन्थ्यो । तर, अहिले धान फल्ने खेतहरू बाझैँ छन् ।

    बजारमा आश्रित बनेका छन् गाँउघर । बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैँ कुरी रहनु पर्दैन अचेल । प्रविधिको विकाससँगै शहरदेखि गाँउघरसम्म दसैँैको मौलिक महत्व हराउँदै गएको छ । त्यसो त केही वर्षअघिसम्म पनि गाउँ फर्कनेको संख्या पनि बढ्दो हुन्थ्यो । तर, अहिले गाउँ नै फर्किनुपर्छ भन्ने लाग्दैन । मुग्लान गएकाहरूलाई पनि जहाँ रहे पनि दसैँ मनाउन पुग्छ भन्ने लाग्न थालेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend