मंगलबार पनि प्रधानमन्त्री कार्यालयमा बस्दैछ नेकपाको वैठक, हुँदैछ एमसिसीमाथि छलफल



१६ असार, काठमाडौंः बुधबारबाट सुरु भएको नेकपाको वैठक आज पनि नियमित रुपमा बस्दैछ ।

गत बुधबारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको वैठक आज मंगलबार पनि नियमित रुपमा बस्ने भएको हो । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वैठक रहेको छ ।

वैठकको सुरुवातमा बुधबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले सम्बोधन गरेका थिए । गत शुक्रबार वैठकमा नआएका केपी ओली शनिबार केही बेरलाई आएर फर्किएका थिए । नियमित रुपमा बसिरहेको वैठकमा नेकपाका स्थायी कमिटिका सदस्यहरुले सरकारको काम, पार्टी एकताका काम, एमसिसि लगायता विषयमा छलफल गरिरहेका छन् ।

Comment