भारतले लगायो टिकटक सहित झण्डै ६० वटा चीनियाँ एपहरुमा प्रतिबन्ध



१६ असार, काठमाडौं: झण्डै ६० वटा चीनियाँ एपहरुको सञ्चालमा भारत सरकारले प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले सोमबार भारतमा निकै लोकप्रिय रहेको टिकटकसँगै अन्य ६० वटा जति एपहरुमा प्रतिबन्ध लगाएको हो । केही समयअघि भारत र चीनको सिमानामा रहेको लद्दाखमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएको कुराको जवाफमा भारत सरकारले यसो गरेको अनुमान गरिएको छ । भारत सरकारले भने राष्ट्रिय सुरक्षाको कुरा भएको भन्दै यी एपहरुमाथि प्रतिबन्द लगाएको हो ।

प्रतिबन्ध लगाईएका एपहरुमा भारतमा निकै लोकप्रिय रहेका टिकटक, वि च्याट, युसी ब्राउजर, सेयर इट लगायतका एपहरु रहेका छन् । यी चीनियाँ एपहरुका थुप्रै प्रयोगकर्ता भारतमा रहेकाले यसले चीनलाई कुनै न कुनै तवरबाट आर्थिक क्षती हुने अनुमान गरिएको छ । त्यो बाहेक दुई देश बिच साइबर वारको सुरुवात समेत भएको अनुमान गरिएको छ ।

भारतले आफ्नो देशमा बनेको एपहरुमाथि लगाएको प्रतिबन्धको बारेमा चीनले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

Comment