कति निर्दयी भगवान? पाँच वर्षिय बालकको छतबाट खसेर मृत्यु



१६ असार, काठमाडौंः बेला बेलामा भगवान पनि कति निर्दयी बनिदिन्छ । भावना विहिन बनिदिदाँ भगवान निकै दुःख लाग्ने पिडा दिने काम गर्छ । यस्तै घटना रुपन्देहीमा भएको छ ।

घरको छतमा खेलिरहेका एक चार वर्षका बालकको छतबाट खसेर मृत्यु भएको छ । रुपन्देशीस्थित लुम्बिनी सांस्कृति नगरपालिकाको शिवलहवा क्षेत्रमा बस्ने ओमप्रकाश यादवको छोराको मृत्यु भएको हो । आज बिहान उनका छोरा अजय यादव छतमा खेलिरहेका थिए । अचानक छतबाट खसेपछि उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

अजय केवल एक तलाको घरबाट खसेका थिए । उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिदैं थियो । तर, दुःखको कुरा उनको मृत्यु अस्पताल नपुग्दै बाटैमा भएको प्रहरीले जनाएको छ ।

Comment