कोरोना भाइरसले लग्यो बंगलादेशका रक्षा सचिवको ज्यान



१६ असार, काठमाडौंः कोरोना भाइरसको संक्रमणका कारण बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको निधन भएको छ ।

बंगलादेशका सरकारी अधिकारीहरुका अनुसार स्थानिय समयअनुसार आज बिहान करिब ९ ३० बजे उनको कोरोना भाइरसको कारण मृत्यु भएको हो । उनमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा राखिएको थियो । बंगलादेशको राजधानी ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचार गराईरहेको बेला उनको मृत्यु भएको हो ।

हालसम्म बंगलादेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ३८ पुगिसकेको छ भने कोरोना भाइरसको संक्रमितको संख्या कुल एक लाख ३७ हजार रहेको छ ।

Comment