गुल्मीमा थपिए ३७ जना कोरोना संक्रमित



१६ असार, काठमाडौंः मंगलबार बिहान गुल्मीमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । संक्रमणको पुष्टि हुनेहमा गुल्मीदरवार गाउँपालिकाका २१ जना, रुरुक्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

थपिएका कोरोना संक्रमितसँगै गुल्मी जिल्लामा कुल कोरोना भाइरसको संक्रमितको संख्या ३ सय २४ पुगेको छ । यीमध्ये ४२ जना संक्रमण मुक्त भएका छन् भने ३ जनाको संक्रमणकै कारण मृत्यु भईसकेको छ ।

Comment