लोकप्रिय नायक प्रदिप खड्काले गराए कोरोना परीक्षण



काठमाडौं, असार १६ । लोकप्रिय अभिनेता प्रदीप खड्काले कोरोना परिक्षण गरेका छन् ।

विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका निर्मातारनिर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले आरडीटी विधिबाट कोरोना टेस्ट गराएका हुन् ।

कोरोना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले कोरोना संक्रमित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सहयोग प्रदान गर्दै आएको यही टिम अर्को प्रोजेक्टको तयारीमा जुटिरहेको छ ।

गत वर्षको चैत २८ गते रिलिज गरिने भनिएको नेपाली कथानक फिल्म ‘प्रेमगीत–३’ कोरोना महामारीका कारण स्थगीत गरिएको थियो ।

Comment