चीनमा अर्को महामारी ल्याउन सक्ने भाइरस देखियो, वैज्ञानिकले दिए यस्तो चेतावनी



१६ असार, काठमाडौंः अहिले विश्वभर फैलिएको कोरोना भाइरस सुरुवातमा देखिएको देश चीनमा अर्को नयाँ किसिमको भाइरस देखिएको छ ।

चीनमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले नयाँ किसिमको भाइरस पत्ता लगाएका हुन् । बीबीसीका अनुसार चीनमा फ्लु जस्तै तर, नयाँ किसिमको भाइरस देखा परेको हो । वैज्ञानिकहरुले यो निकै जोखिमपूर्ण रहेको र महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।

अहिले विश्वमा फैलिएको कोरोना भाइरस पनि गत वर्षको अन्त्यमा चीनमा नै देआ परेको थियो । अहिले फेरि चीनका वैज्ञानिकहरुले नयाँ किसिमको भाइरस भेटिएको खुलासा गरेका छन् । उनीहरुका अनुसार यस भाइरसमा भएको स्ट्रेनले महामारीको रुप लिनसक्छ ।

प्रायः सुँगुरमा देखिने भाइरस यस पटक भने मानिसमा पनि संक्रमणको रुप लिनसक्ने स्वरुपमा देखिएको वैज्ञानिकहरुले बताएका छन् । नयाँ भाइरसले आफ्नो स्वरुप बदल्ने हुँदा यसले मानिसलाई पनि संक्रमित बनाउन सक्ने र एकबाट अर्को मानिसमा सजिल्यै सर्न सक्ने अनुमान गरिएको छ ।

Comment