दशैं : पठाओ र ट्याक्सीले कमाउनु कमाए, चलेनन् सार्वजनिक यातायात — OSNepal

दशैं : पठाओ र ट्याक्सीले कमाउनु कमाए, चलेनन् सार्वजनिक यातायात

LC (KTM) October 13, 2021 0

अनुसा थापा

दशैंको महाअष्टमीको दिन उपत्यकाभित्र चल्ने विभिन्न रोडमा चल्ने भाँडाका गाडीहरु यातायात व्यवसायीहरुले नचलाउदाँ जनताले निकै सास्ती पाएका छन् । यातायात व्यवसायीले गाडी पुजा गर्न गाडी थन्काउदाँ उपत्यका बस्ने सर्वसाधारण हरुलाई निकै कष्ट भएको छ । बिरामीलाई खाना लिएर अस्पताल जान, विभिन्न किनमेल गर्न वा आफन्त भेट्न जाँदा गाडी भाँडाको गाडी बस, माइक्रोबस र ट्याम्पु नपाएर यात्रुहरुले बाध्य भएर ट्याक्सी र पठाओको खोजी गरिरहेको देखियो । यात्रुहरु आज पैदल यात्रा गर्नसम्म बाध्य भए ।
केही दिन अगाडिदेखि उपत्यकामा गाडी नपाएर विभिन्न चोकमा मानिसहरु पैदल यात्रा गरिरहेको देखियो । केहीदिन यता निकै कम संख्यामा भाँडाका गाडीहरु चलिरहेको थियो । गाडी नपाएर कति जना निजी गाडीहरुमा लिफ्ट मागिरहेको पनि देखियो ।

गाडी चढ्नको लागि स्टपमा मान्छेहरुको भीड त्यस्तै रहेको थियो । गाडी नपाएर पैदल यात्रा गरिरहेको पनि थुपै्र सर्वसाधारण भेटिन्थ्यो । सिभिल अस्पतालमा बिरामी भएर भर्ना गरेको भक्तपुर बस्ने सुभद्रा खत्रीलाई खाना लिएर उनको आफन्त सल्लाघारीबाट हिडेर अस्पताल आएको बताए । सिभिल अस्पतालबाट सल्लाघारी जान पनि बस नपाएको उनको भनाइ थियो । सिभिल अस्पताल पार्किड. गरेर बसेको ट्याक्सीले सल्लाघारी जानको लागि मिटरमा जाऊ भन्दा मानेन् । यता हजार रुपिँया मागे । अर्को ट्याक्सीले आठ सय दिए लगिदिने बताए ।
बिहान पनि हिडेर आएको फेरिपनि हिडेर सल्लाघारी जान उनको आँट थिएन । खुट्टाले जमिन चिन्न नसक्ने स्थिति उनको थियो । बस आँउछ कि भनेर उनले यातायात व्यवस्था विभाग अगाडि उनी एकघण्टा उभिए तर गाडी पाएनन् । यो त एउटा उदाहरण मात्र हो ।

अहिले त दिनहुजसो गाडी नपाएर पैदल यात्रा गरेको प्रशस्तै देखिन्छ । झन् आज त गाडी नपाएर बच्चा बोकेर पैदल यात्रा गर्ने प्रशस्त देखिए । भाँडाको गाडी नपाएपछि ट्याक्सीले हजार मागपछि उनले पठाओ मगाए । पठाओले सल्लाघारी सम्मको एक सय असी रुपिँया माग्यो । उनी एक सय असी रुपिँया तिरेर सल्लाघारी जान तयार भए । पठाओले एक सय असी रुपिँया लिएको त्यो महँगो हो कि सस्तो हो ? त्यो सरकारले निर्धारण गरेको भाँडा होइन् । पठाओ कम्पनीले आफुखुसी निर्धारण गरेको भाँडा हो यो । एउटा प्राइभेट कम्पनी हो पठाओ । पठाओ अन्तर्गत थुप्रै पुराना मोटरसाइकल र स्कुटर सञ्चालन भएको छन् । यस्ता सवारीले दुर्घटना गराउन सक्छन् ।

पठाओमा चल्ने सम्पुर्ण सवारी साधन निजी प्लेटमा दर्ता भएको छ । निजी प्लेटमा दर्ता भएको सवारी साधनले यात्रु बोकेर पैसा कमाउने पाउदैन् । २०४९ सालको यातायात ऐनमा लेखिए अनुसार निजी प्लेटमा दर्ता भएको गाडी भाँडामा लगाउन पाउदैन् । पठाओ सरकारभन्दा पनि शक्तिशाली हो । ट्याक्सी मिटरमा यात्रु बोक्दैन् । ट्याक्सी व्यवसायीले सरकारलाई नँया ट्याक्सीको दर्ता खोल्न दिएका छैनन् । यात्रुले भनेको ठाँउमा ज्यान गएपनि ट्याक्सी जान मान्दैन् । अनि बसहरु मनलागेको बेला चलाउने मन नलागेको बेला थन्काउने । सरकारले आमीर्, प्रहरी र सरकारी कर्मचारी बोक्ने सरकारी बसहर पनि नचलाइदिने ।

यस्तो बेलामा सरकारले निजी विधालय, कलेजमा भएको रातो प्लेटको बस चलाउनपर्ने हो । तर काममा जाने सर्वसाधारणलाई तीन घण्टासम्मको बाटो हिडेर कामको जानपर्ने स्थिति आएको छ । यसरी पैदल यात्रा गरेर बेलुका कामबाट घर फर्किने सर्वसाधारणहरु पनि देखा परे । सबै मान्छेसंग ट्याक्सी चढ्ने पैसा छैन् । टयाक्सीले मिटरमा यात्रु बोक्दैन् । छोटो दुरीमा ट्याक्सी जान मान्दैन् । टुटल मगाउदाँ सुरुमै डेढ सय रुपिँया तिर्नपर्छ । त्योभन्दा पछि मिटरमा जति उठेको छ त्यति तिर्नैपर्छ । मेट्रो मार्फत ट्याक्सी मगाँउदा सुरुमै ९९ रुपिँया तिर्नपर्छ ।

सरकारले निर्धारण गरेको भाँडा ट्याक्सी चढ्नेबित्तिकै १४ रुपिँया हो । यात्रुल प्रत्येक किलोमिटर ३९ रुपिँया हो । यो दिउँसोको भाँडादर हो । राति ९ बजेदेखि बिहान ६ बजेसम्म यी दुईवटै भाँडादरमा डेढी जोडिन्छ । पठाओ र मेट्रे ट्याक्सीले सरकारको निर्णयलाई बहिष्कार गर्दै स्वखुसी भाँडा लिएको छन् । तापनि सरकारले किन कारबाही गरेको छैन ? सरकारको कमकमजोरीले यस्तो भएको हो । ट्याक्सी व्यवसायीले पनि विभिन्न रणनिति अप्नाउदै जता ठग्ने काम गरिरहेको छन् । यसको मारमा भने जनता परिरहेको छन् । जनताले मँहगो भाँडा तिरेर यात्रा गर्नुपरेको छ ।

यातायात कार्यालयमा ट्याक्सी व्यवसायीले ट्याक्सी कालो प्लेटमा दर्ता गरेको हुन्छ । यता, ट्याक्सीमा मिटर पनि जडान गरिएको हुन्छ । ट्याक्सी व्यवसायीहरु आफुपनि सस्तोमा जनतालाई सेवासुविधा दिदैनन् । नँया व्यवसायी भित्रिन पनि यिनीहरुले रोक लगाइरहेको छन् । अहिले सञ्चालन भएको ट्याक्सीले लिने भाँडाभन्दा सस्तोमा जनतालाई सेवा दिन्छु भन्दा पनि पाएका छैनन् । ट्याक्सी व्यवसायीले सरकारलाई पनि ट्याक्सीको नँया दर्ता खोल्न दिएका छैनन् । ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको मिलोमतोमा जनता ठग्ने काम भइरहेको छ ।

नँया ट्याक्सीको दर्ताको विषयमा पटकपटक यातायात व्यवस्था विभागमा बुझ्दा विभाग यो हाम्रो काम होइन् । यो प्रदेशकोजिम्मा हो भन्दै पन्छिन खाज्ने गरेको छ । यातायात मन्त्रालय यो विभागको जिम्मेवारी हो भन्दै आफु साइड लागिहाल्छ । कि यातायात व्यवस्था विभाग ट्याक्सी व्यवसायीसंग डराएको छ । यातायात व्यवसाीको गाडी तेस्याउने प्रथाको सामु विभाग डराएको छ । कि त विभागका डिजीले कमिशन नपाएर नँया ट्याक्सीको दर्ताको फाइल अड्काएर राखेको छन् । फाइल अड्काउदा डिजीलाई त नाफाघाटा केही भएन । तर जनताले साहे दुःख पाए ।

डिजीले आफ्नो फाइदाको लागि नँया ट्याक्सीको फाइल अड्काएर राखेको छन् । डिजीले नँया ट्याक्सीको दर्ताको फाइल अड्काउदा ट्याक्सी व्यवसायीलाई फाइदा छ । तर ट्याक्सीमा भएको लुट त बन्द भएन नि । अहिले आएको नँया यातायात मन्त्रीले कि यातायात व्यवस्था विभागको डिजीलाई सरुवा गर्नपर्छ । कि त नँया ट्याक्सीको दर्ता खोल्नपर्छ । विगत तीन दशकदेखि ट्याक्सीमा सिण्डिकेट छ । ट्याक्सी व्यवसायीहरु अहिले आएका यातायात मन्त्रीलाई भेट्न डेलिकेशनमा जान तयार हुदैछन् । तर अहिलेको यातायातमन्त्रीले ट्याक्सी व्यवसायीको हितमा फुलमाला नलगाईकन जनताको हितमा निर्णय गर्नपर्छ । नँया ट्याक्सीको दर्ता खोल्नपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर