आफूमाथि यौन दुर्व्यवहारको झुठो आरोप लगाउने दुई महिलासँग चर्चित गायक गायक जस्टिन बिबरले मागे दुई करोड क्षतीपूर्ती



एजेन्सी – क्यानेडियन विश्व चर्चित गायक गायक जस्टिन बिबरले आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने दुई महिलासँग क्षतीपूर्ती माग गरेका छन् ।बिबरले झुठो आरोप लगाउने दुईजना महिलासँग एकरएक करोड क्षतीपूर्ती माग गरेका समाचारमा जनाइएको छ ।

उनले आफुमाथि कपोलकल्पित झुठो आरोप लगाएर मानहानी र बेइज्जती गरेको भन्दै क्षतीपूर्ती माग गर्दै मुद्दा दायर गरेको बताइएको छ ।आफूविरुद्ध लगाइएको आरोपमा सत्यता नभएको भन्दै कानूनी लडाईमा उत्रिएको बिबरले उल्लेख गरेका छन्। सन् २०१४ मा बिबरमाथि यौन दूर्व्यवहार गरेको भन्दै दुईजना महिलाले आरोप लगाएका थिए।

Comment