टिचिङ अस्पतालमा शल्यक्रियाको लागि भर्ना भएका ४५ दिनको शिशुमा देखियो कोरोना



काठमाडौं, १६ असार । टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ । म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंज ल्याइएको शिशुमा कोरोना पुष्टि भएको हो ।

अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा। सन्त कुमार दासका अनुसारशल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताइएको छ ।श्वास फर्ने गाह्रो भएपछि सोमबार नै शल्यक्रिया गरिएको र सोमवार नै घाँटीको शल्यक्रियापछि आइशोलेशनमा राखिएको डा दासले बताए ।

Comment