बागलुङका १५ जना कोरोना संक्रमित निको भए



बागलुङ -बागलुङका १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । बागलुङको गलकोट नगरपालिकाको प्रिआइसोलेसनमा रहेका १५ जना संक्रमित कोरानामुक्त भएका हुन् । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिँदैछ ।

दुई साताअघि संक्रमण पुष्टि भएपछि उनीहरु गलकोट स्थित वडा नं. २ नरेठाँटीको स्वास्थ्यचौकीमा बनाइएको प्रिआइसोलेसनमा बसेका थिए । कम्तीमा एक साता होम क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै अभिभाबकको जिम्मा लगाइने बताइएको छ ।योसँगै बागलुङमा कोरोना निको हुनेको संख्या ३८ पुगेको छ ।

Comment