एकै दिनमा नेपालमा थापिए ३ सय १६ जना कोरोना संक्रमित



१६ असार, काठमाडौंः नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ३ सय १६ संक्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना संक्रमित भएका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या २९ रहेको छ । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको ३ हजार १ सय ९४ संख्या पुगेको छ ।

Comment