काठमाडौं उपत्याकामा थपिए मंगलबार थप १२ जना संक्रमित



१६ असार, काठमाडौंः काठमाडौंमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्याका विभिन्न तीन जिल्लामा थप १२ जना स‌ंक्रमित भेटिएको बताए । उनका अनुसार काठमाडौं उपत्याकाको काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ भने ललितपुर र भक्रपुर जिल्लामा थप एक एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Comment