चित्तलको मासु खाँदै गर्दा एक जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान



१६ असार, काठमाडौंः गैरकानुनी रुपमा चित्तलको मासुसँग एक जना पक्राउ परेका छन् ।

प्रहरीले पर्सा जिल्लामा एक जनालाई चित्तलको मासु खाँदै गरेको अवस्थामा परेको हो । प्रहरीका अनुसार सखुवा पर्सौनी गाउँपालिका(१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर चित्तलको मासू खादैं गरेको अवस्थामा पक्राउ परेका हुन् ।

माभीलाई सोमबार डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार माझिलाई पक्राउ गरेर हिरासतमा लिई थप अनुसन्धान भईरहेको छ ।

Comment