माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा १६ बर्षिय संम्रिधको ज्यान गयो — OSNepal

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा १६ बर्षिय संम्रिधको ज्यान गयो

LC (KTM) October 13, 2021 0

राजविराज, २७ असोज – राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।राजविराजबाट विराटनगर जादै गरेको ना १ ज ७४१८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आइरहेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने १६ वर्षका संम्रिधकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते उनलाई उपचारको लागि विराटनगरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।स्तै मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिँ अस्पतालामा उपचार भइरहेको छ । मोटरसाइकल र माईक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर