सुन्दर आँखा कै कारण चर्चामा छिन् नायिका ऐश्वर्या



एजेन्सी( बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्मबाट नै उनको करियर अगाडि बढेको हो , उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् । उनि अभिनय मात्र नभई सुन्दरताको कारण पनि चर्चामा आउछिन् । ऐश्वर्या विश्वकै सुन्दर नायिकाहरुको सूचीमा परेकी छिन् । उनको आँखामा धेरैको नजर जाने गर्दछ र उनको आँखा एकदमै सुन्दर रहेका छन् । बलिउडमा सुन्दर आँखा हुनेमा राधिका आप्टे, यामी गौतम, सेलिना जेटली पनि पर्ने गरेका छन् ।

Comment