आयो खुशीको खबर, ७१ जना कोरोना जितेर खुशी हुँदै घर फर्किए



कालिकोट -कर्णाली प्रदेशमा ७१ जनाले कोरोना जितेर घर फर्किएका छन् । घर फर्कनेमा महाबु आइसोलेसन सेन्टर दैलेखबाट ५६ जना,प्रदेश अस्पताल सुर्खेतबाट ९ जना, भैरवी आइसोलेसन सेन्टर दैलेखबाट ५ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ७१ जना रहेका छन् । आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ७२ पुगेको छ ।

त्यस्तै आज कर्णाली प्रदेशमा१६ संक्रमित थपिएका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षणबाट रुकुम पश्चिमका ८ जना दैलेखका ३ जना र बाँकेका १ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणबाट डोल्पाका २ र कालिकोटका २ सहित आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comment