• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

‘माया मेरी’मा सुधिर र उषाको प्रेमकथा

‘माया मेरी’मा सुधिर र उषाको प्रेमकथा


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • ३:०२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.6K
    SHARES

    काठमाडौं । गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् ।

    गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधिर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेका हो ।

    उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने बिश्वास रहेको गायिका घिमिरेले बताइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend