आफू निकट मन्त्री तथा पार्टीका सदस्यसँग केपी ओलीको वैठक



१७ असार, काठमाडौंः प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटीका सदस्य तथा मन्त्रीहरुसँग टलफल गर्न बालुवाटारमा वैठक बोलाएका छन्। प्रधानमन्त्री स्रोतका अनुसार आज ८ बजे उनीहरुलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएका छन् ।

हिजो नेकपाको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री ओलीलाई अधिकांश पार्टीका नेता तथा सदस्यहरुले राजिनामाको माग गरेका थिए । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले अहिले वैठक बोलाएका हुन् ।

गत बुधबारबाट बसिरहेको नेकपाको स्थायी कमिटीको वैठक आज पनि बस्दैछ । आज ११ बजे बालुवाटारमा वैठक रहेको छ ।

Comment