श्रीमतीको ह त्याका आरोपीले गरे २ बहिनीको ह त्या, परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर



हैदराबाद १६ असार – भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ ।

उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको ह त्याको आरोप छ । श्रीमतीको ह त्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको ह त्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्र हार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धा रिलो ह तियारले हमला गरेका थिए ।

प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै ह तियार प्र हार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आ क्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ । उनले सो ह त्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । (रासस÷एएनआई)

Comment