कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३० पुग्यो



कैलाली – सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् ।ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको हो ।योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

Comment