केही दिन अघि देहत्याग गरेका अभिनेता सुशान्त सिंह र उनकी पूर्वप्रमिका अंकिताले अभिनय गरेको चर्चित टिभि सिरियल ‘पवित्र रिश्ता‘ पुन हेर्ने पाइने



काठमाडौ, असार १६ -केहि समय पहिला निधन भएका बलिउड अभिनेता सुशान्त सिंह राजपुतले अभिनय गरेको जे टिभिमा प्रसारण हुने लोकप्रिय सिरियल पवित्र रिश्ता‘ पुन हेर्ने पाइने भएको छ ।

‘पवित्र रिश्ता’बाटै दर्शकको मन जित्न सफल भएको सुशान्त सिंह र अभिनेत्री अंकिता लोखण्डेको अभिनयलाई अत्याधिक रुचाइएको थियो ।

भारतिय मिडियाका अनुसार ‘जी अनमोल च्यानल’ले उनलाई श्रद्धांजलि दिँदै उक्त शो फेरि प्रसारण गर्ने जनाएको हो । मानव र अर्चनाको भुमिकामा देखा परेका यि दुईको जोडि पुन एक पटक देख्न पाँउदा फ्यानहरुले खुशी व्यक्त गरेका छन् ।

Comment