आज मात्रै गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज



गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएपछि गुल्मीका ४५ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । गुल्मीमा अहिले सम्म ३२४ कोरोना संक्रमित फेला परेका छन्

Comment