एकै दिन ६० जनाले कोरोना जितेर खुशी हुँदै घर फर्किए



काठमाडौँ, १६ असार – विगत २४ घण्टामा ६० जना कोभिड १९ मुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार १९४ पुगेको छन् । तीमध्ये महिला २७७ र पुरुष दुई हजार ९१७ रहेका छन् ।

आज डिस्चार्ज हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष रहेका छन् ।

यस्तै जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएका छन् ।(रासस)

Comment